काठमाडौं– गिजा रोग तथा दन्त प्रत्यरोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाज (एनएसपिओआइ) को दशौं सम्मेलन पोखरामा सम्पन्न भएको छ। समाजले आफ्नो दशौं वार्षिक अन्तराष्ट्रिय सम्मेलनमा पोखरामा फागुन १६ र १७ गते सम्पन्न गरेको हो।
सम्मेलन पछि भएको वार्षिक साधारण सभाले डा अमिना प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। डा प्रधानलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
समाजको नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्राडा भागेश्वर धामी, सचिवमा डा खूस्बु गोयल, कोषाध्यक्षमा डा सगुन रेग्मी, सदस्यहरुमा डा रेविका रन्जित, डा सृजना निरौला, डा विकास कुमार बानिया, डा स्तुती वाग्ले र डा सिमन्त लामिछाने चयन भएका छन्। उनहरुको कार्यकाल २ वर्षको हुनेछ।
सम्मेलनमा स्वदेशी तथा विदेशी एकसयजना दन्त चिकित्सक सहभागि थिए। सो सम्मेलनमा ८ वटा दन्त चिकित्सा सम्बन्धि अनुसन्धानात्मक पेपर प्रस्तुती, ८ वटा पोस्टर लगायत अन्य गतिविधि गरिएको थियो।