काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि विभिन्न १४ समिति गठन गरेको छ।
नेविसंघले स्वास्थ्य सहायता समितिसहितका संयोजकहरुलाई जिम्मेवारी दिँदै काम अगाडि बढाएको हो।स्वास्थ्य सहायता समितिको संयोजकमा सुमित बोहराले जिम्मेवारी पाएका छन्।
बोहरा जनस्वास्थ्य विषयमा विद्यार्थी हुन्। हाल उनी त्रिवि महाराजगञ्ज क्याम्पसमा स्नातकोत्तर तहमा जनस्वास्थ्य विषय अध्ययन गर्दै छन्।
नेविसंघले ५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको जनाएको छ।