काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्त डा विकास देवकोटाले पदबहाली गरेका छन्। बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।
बिहिबार दिउसो उनले पदभार ग्रहण गरेका हुन्। २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए।
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
कोभिड १९ को समयमा मन्त्रालयले गरेको नियमित स्वास्थ्य ब्रिफिङमा समयमा उनको प्रस्तुति सार्वजनिक रुपमा रुचाइएको थियो। स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि माथिल्लो निकायसम्म बुझेको कर्मचारीका रुपमा चिनिन्छ। स्वास्थ्यका नीतिगत विषयदेखि कार्यक्रमहरुका विषयमा बुझेर निर्णय गर्ने कर्मचारीका रुपमा मन्त्रालयमा उनलाई लिने गरिएको छ।
उनी सचिवमा बढुवा भएपछि स्वास्थ्य सेवा विभाग महानिर्देशकको पद खाली भएको छ। डा देवकोटासँगै सचिवमा सिफारिस डा संगीता कौशल मिश्र र डा टंक बाराकोटीमध्येले एकले उक्त जिम्मेवारी प्राप्त गर्नेछन्।
