रौतहट- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन तीव्र पारेका छन्। उनले रौतहटको मध्यभाग गरुडा–शिवनगर चोकमा रहेका कानुनविपरित सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले बिहीबार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको छड्के अनुगमन गरेका हुन्। सो क्रममा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन्।
गरुडा नगरपालिका ५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्रालि, गरुडा ४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्।
मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएका ती अस्पताललाई कानुनी कारबाहीको दायरामा ल्याइने मुख्यमन्त्री सिंहले चेतावनी दिएका छन्।