काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ।
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो।
यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो। तर, उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने ? भन्दै १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो।
मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ।
