काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को रिक्त रहेको सहायक डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँच जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो। तीन जनामध्ये एक जना सहायक डीनमा नियुक्त हुने छन्।
सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।
अन्तर्वार्ताका लागि यी तीन सहित डा पवनराज चालिसे र डा विष्णुप्रसाद चौलागाईं छनोट भएका थिए।