काठमाडौं– बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन्।
ढिस्को खस्दा २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको हो। अन्य चार जना घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
उनीहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो। सेनाको हेलिकोप्टरमार्फत चारजनालाई प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको छ।
गाउँपालिकाका उपाध्यक्ष देवकी तिमिल्सेनाका अनुसार स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् ।
घाइतेहरूको अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालले प्रदेश अस्पताल रेफर गरेको उनको भनाइ छ ।