काठमाडौं - औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालिको पेनगेन ट्याबलेट औषधि बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको भएको पाइएकाले तत्काल बजारमा फिर्ता लैजान विभागले निर्देशन दिएको हो। ती औषधिको बिक्रि वितरण तत्काल बन्द गर्न पनि विभागले भनेको छ।
पेनगेन ट्याबलेटको ब्याच नम्बर पीएएन १२० को औषधि न्यून गुणस्तर पाइएकाले यसको सेवन नगर्न विभागले सबैमा आग्रह समेत गरेको छ।
सूचनामा भनिएको छ, ‘यस विभागबाट बजार अनुगनमको क्रममा संकलन गरिएका औषधिको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा देहायको उत्पादनबाट उत्पादित तपसिलको ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरी उक्त ब्याच नं का औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’