काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेले जिम्मेवारी सम्हालेका छन्। उनले शुक्रबार बाेर्डमा पुगेर जिम्मेवारी सम्हालेका छिन्।
निमित्त कार्यकारी निर्देशक डा सराेज शर्माले अबिरबाट उनलाई बाेर्डमा स्वागत गरे। उनले निमित्त कार्यकारी निर्देशककारूपमा राम्राे गर्ने काेशिस गरेकाे बताए। स्वास्थ्य बिमाप्रति आमजनकाे भराेसा बढेकाे बताउँदै त्यसका लागि उपयुक्त व्यक्ति बाेर्डले प्राप्त गरेकाे उनकाे भनाइ छ।
स्वागत कार्यक्रममा बाेल्दै काफ्लेले आफू डा शर्मासँग निरन्तर छलफलमा रहने बताए। स्वास्थ्य बिमा बाेर्डमा लामा अनुभव र भर्खरका युवा रहेकाे उल्लेख गर्दै त्यसकाे संयाेजनबाट परिणाम निकाल्ने बताए। `याे जागिर हाेइन, राज्य र जनतालाई याेगदान दिने अवसर हाे। हामी यहाँ सेवासुविधा लिएर सेवा गर्ने अवसर प्राप्त भएकाले अलि बढी यनेगदान गर्नुपर्छ,´ उनले भने।
आफूले चार वर्षकाे कार्यकालमा ४ काम र थप १ काम गरेर जाने बताए। `एक, युनिभर्सल हेल्थ कभरेज हुन्छ, दुई, वित्तीय दिगाेपना, तीन, सेवा प्रवाह निश्चित लक्ष्य, सुलभ सरल र गुणस्तरीय बनाउन महत्त्वपूर्ण फड्को, चार, संस्थागत क्षमता सुदृढ गर्नेछु, मैले सिफारिस समितिमा पनि यही कुरा राखेकने छु,´ उनले प्रतबध्दता जनाए। सफल कार्यक्रमका रूपमा स्थापित गर्ने उनकाे भनाइ छ।
कार्यकारी निर्देशक काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य थिए। उनी स्वास्थ्य बीमा सुधारका विषयमा गहिरो जानकारी भएका व्यक्ति हुन्। समितिमा रहँदा पनि उनले स्वास्थ्य बीमा सुधारका धेरै सुझावहरु दिएको समितिका अन्य सदस्यहरुले जानकारी दिएका थिए।
उनले वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरेका छन्। उनले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना काम गरेका थिए।
काफ्लेले करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहभागितात्मक जिल्ला विकास कार्यक्रम र संयुक्त राष्ट्रसंघीय बाल कोष यूनिसेफको महिला तथा बालबालिका सम्बन्धी विकेन्द्रित कार्यक्रम लगायतका विकास साझेदारका परियोजनाहरुको जिल्ला टोली नेताको रुपमा काम गरेका छन्।