चितवन- भरतपुर अस्पतालले अस्पतालमा कार्यालय समयमा सामाजिक सञ्जाल बन्द गरेको छ। मंगलबारदेखि लागु हुनेगरी भरतपुर अस्पतालका इन्टरनेट नेटवर्कवाट फेसबुक, टिकटक, इन्स्टा र सेमर मार्केटलगायत बन्द गरिएको कार्यकारी निर्देशक डा कृष्ण पौडेलले बताएका छन्।
अस्पतालले जारी गरेको सूचना भनिएको छ, 'अस्पताल भित्रका कम्प्युटरहरू आदिबाट कसैले भीपीएन प्रयोग गरेको पाइएमा तुरुन्त कानुन अनुसार कारबाही हुनेछ।'
स्पतालमा भिजिटरहरूले अस्पताल कर्मचारीहरू माथि कार्यस्थलमा गालीगलौज र अन्य अभद्र व्यवहार गरेको पाइएमा नजिकको गार्ड/प्रहरीमा खवर गर्न पनि भएको छ। जसजलाई नियन्त्रणमा लिई छुट्टै कोठामा राखी प्रहरीको जिम्मा लगाइने सूचना समेत जारी गरिएको छ।