काठमाडौं- बागमती प्रदेश लोकसेवा आयोगले लिएको फार्मेसी सहायक पदमा माग संख्या भन्दा निकै कम पास भएका छन्। गत साउनमा लिइएको लिखित परीक्षामा उत्तीर्णको संख्या जम्मा ५ रहेको छ।
पास भएकालाई चैत २७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ। फार्मेसी सहायक पदमा २७ जनाका लागि दरखास्त माग गरिएको थियो। परीक्षक्षामा सम्मीलित ६८९ जना सम्मिलित भएका थिए।
उनीहरुमध्ये अधकांशले न्युनतम उत्तीर्ण नम्बर ल्याउन नसकेको भन्दै फेल गरिएको हो। विभिन्न अस्पतालमा आवश्यकता रहेकाले उक्त संख्यामा फार्मेसी सहायक माग गरिएको थियो। अहिलेलाई २२ सिट खाली जाने भएको छ। जसले अस्पतालमा जनशक्ति अभाव कायम राख्ने भएको छ।
