काठमाडौं - भरतपुर अस्पतालले चितवन र नवलपुरका जनप्रतिनिधिहरुको नसर्ने रोग विरुद्धको स्वास्थ्य परीक्षण गर्ने भएको छ।
आफ्नो ६९ औँ वार्षिकोत्सव र नसर्ने रोग विरुद्धको स्वास्थ्य मन्त्रालयको अभियान अन्तर्गत जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गर्न लागेको हो। यही चैत ७ गते बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त परीक्षण गरिने अस्पतालले जनाएको छ।
चितवन र नवलपुर जिल्लाको गैँडाकोटका नगरपालिकासम्मका संघीय तथा प्रदेश सभाका माननीय, स्थानीय निकायका प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुको स्वास्थ्य परीक्षण गर्न लागेको अस्पतालले जनाएको छ। जनप्रतिनिधिहरुको उचाई, तौल, बीएमआई सहित उच्च रक्तचाप, मधुमेह लगायत परीक्षण गरिनेछ।