काठमाडौं- त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मतदान जारी छ। चिकित्सा तर्फ महाराजगन्ज मेडिकल, नर्सिङ क्याम्पस र कीर्तिपुर आयुर्वेद क्याम्पसमा मतदान अन्तिम चरणमा पुगेको छ।
कीर्तिपुर आयुर्वेदन क्याम्पसमा त साढे ३ बजेसम्म ९५ प्रतिशत मतदान भएको छ। क्याम्पसमा १८१ मतदाता रहेकोमा १७५ मत खसेको आयुर्वेद क्याम्पस कीर्तिपुर नेविसंघ इकाई सभापति इन्द्र मणि बस्यालले बताए।
आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संगठनले निशान अर्यालको नेतृत्वमा स्ववियु निर्वाचन लडिरहेको छ भने अनेरास्ववियु, अनेरास्ववियु, अखिल क्रान्तिकारीले प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। उनीहरुको साझा उम्मेदवारमा रुपमा रौसनकुमार ठाकुर रहेका छन्।
महाराजगञ्ज क्याम्पसमा कूल १६ सय ७१ मतदाता रहेकोमा १५ सय ७० मत खसेको क्याम्पस प्रमुख डा सुरेश उप्रेतीले स्वास्थ्यखबरलाई बताए।
महाराजगञ्ज मेडिकल कलेजमा तीनजना प्रतिष्पर्धामा छन्। सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता, अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर प्रतिष्पर्धामा छन् ।
यस्तै महाराजगञ्ज नर्सिङ क्याम्पसमा ५२० मत खसेको छ। त्यहाँ ५२९ मतदाता रहेका छन्।
नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेविसंघ बिन्दु पोखरेलको नेतृत्वमा चुनावमा होमिएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा अघि बढेको छ।
महाराजगञ्ज नर्सिङ क्याम्पसमा यसअघि निरन्तर अनेरास्ववियुले जित हासिल गर्दै आएकोमा यसपटक उक्त रेकर्ड तोड्ने कसरतमा नेविसंघ लागेको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)