काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पहिलोपटक जितेको छ।
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेविसंघलले एक मतले एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विरासत भत्काएको हो।
क्याम्पसमा यसपटक नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छन् । पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतको अन्तरले पराजित गरेकी हुन्। पोखरेलले २५९ मत ल्याएर विजयी हुँदा बुढाले २५८ मत पाएकी छन् ।
सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा मात्रै अनेरास्ववियुकी उम्मेदवार प्रिया प्रधान विजयी भएकी छन् ।
