काठमाडौं- महाराजगंज मेडिकल क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को अग्रता छ। मत गणनाको अन्तिमतिर आइपुग्दा नेविसंघले अग्रता बढाएको हो।
अध्यक्षमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्। सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मतसहित अग्रता लिएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले अग्रता लिएका छन्।
जित सुनिश्चित भएको भन्दै नेविसंघले विजय उत्सव समेत मनाउन थालेको छ।