काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा हरेक महिनाको दोस्रो हप्ता बिहिबार रक्तदान कार्यक्रम हुने भएको छ। आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत अभावको महशुस गर्दै सेन्टरले नियमित रक्तदान कार्यक्रम अघि सारेको हो।
बिहिबार सेन्टरको आकस्मिक कक्षअघि दोस्रोपल्ट रक्तदान कार्यक्र गरिएको छ। सेन्टरको प्रयोगशाला प्रमुख डा स्मृति महतको संयोजकत्वको गत महिनादेखि रक्तदान कार्यक्रम गरिएको हो।
गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी डा महतले जानकारी दिइन्। उनले भनिन्, 'रक्तदानलाई प्रोत्साहन गर्नका लागि हामीले यो कार्यक्रम अघि सारेका हौं। अस्पतालका कर्मचारी, बिरामीका आफन्त आदिले रक्तदान गर्नुभएको छ।'
