काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले काठमाडौं मेडिकल कलेजसहित दुई श्रमिक आपूर्ति कम्पनीलाई जरिबाना तिराएको छ।
विभागले इजाजत नलिई श्रमिक आपूर्ति गरेको भन्दै दुई कम्पनी फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालि र उक्त कम्पनीबाट कामदार राखेको काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको हो। विभागले काठमाडौं मेडिकल कलेजसहित दुईवटै कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको छ।
विभागले श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतपत्र लिनुपर्ने व्यवस्था भए पनि कम्पनी र मेडिकल कलेजले त्यो विपरित काम गरेको भन्दै जरिबाना तिराएको विभागका प्रवक्ता मणिनाथ गोपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।