काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका लागि विभिन्न विषयका पाँच विषयका विशेषज्ञ आवश्यक भएको छ। अस्पतालको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्न सूचना जारी गरेको छ।
इच्छुक नेपाली नागरिकहरूले मिति २०८१ साल चैत २० गते कार्यालय समय ५ बजेभित्र त्रि.वि. शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं. ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत रु.२,०००/- (दुई हजार) जम्मा गरेको सक्कल भौचर सहित आवेदन फाराम भर्न भनिएको छ।
अस्पतालमा नेफ्रोलोजी १, प्रसूति तथा स्त्रीरोग २, एनेस्थेसियोलोजी केही, इमर्जेन्सी २, बालरोगका विशेषज्ञ १ जना आवश्यक परेका हुन्।
