काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालमा उपलब्ध सेवाहरुको लागि समेत बाहिर पठाइएको बताउँदै कारबाही गर्ने चेतावनी दिइएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्जवल चालिसेले सूचना जारी गर्दै यस्तो बताएका हुन्।
अस्पतालको फार्मेसीमा उपलब्ध भएका औषधिहरु पनि बाहिर खरिद गर्न पठाइएको, बिरामीहरुलाई अनावश्यक जस्ता देखिने औषधि जस्तै सप्लिमेन्ट्स सिफारिस गर्ने गरेको र कार्यालय समयमा सम्बन्धित कर्मचारी कार्यालयमा उपस्थित नभएकोलगायतका गुनासो आएको निर्देशक चालिसेले बताएका छन्।
जसलाई लिए जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायहरु साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतबाट अस्पताल प्रशासनलाई सचेत गराइएको सूचनामा उल्लेख छ। यस्तो कार्य नगर्न सचेत गराउँदै गरेको पाइए कारबाही हुने बताइएको छ।
