काठमाडौं- नेपाल प्रहरीका लागि २० मेडिकल अधिकृत र १५ स्टाफ नर्ससहित स्वास्थ्यका ४५ पदमा दरखास्त आह्वान गरिएको छ। शुक्रबार सार्वजनिक सूचना गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरिएको हो।
नेपाली प्रहरी अस्पतालका लागि उपसमूह स्वास्थ्यका लागि मेडिकल अफिसर २० जना, स्टाफ नर्स १५ जना, जनस्वास्थ्य अधिकृत एक जना, अप्टोमेट्रिस्ट १ जना, सीएमए ६ जना र डेन्टल हाइजनिस्ट २ जना माग गरिएको छ।
