काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीतिको प्रारम्भिक मस्यौदा तयार पारेको छ। मन्त्रालयले नीतिको मस्यौदा सार्वजनिक गर्दै मस्यादौमा सुझाव दिन आग्रह गरेको छ।
मन्त्रालयले 'मुलुकको सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि गुणस्तरीय जनसङ्ख्या' भन्ने दूरदृष्टि राख्दै नीतिको मस्यौदा तयार पारेको हो।
दिगो विकासका लगि जनसांख्यिक गतिशीलताको उपयुक्त व्यवस्थापन गरी जनसङ्ख्या र विकासबीच सामन्जस्य हासिल गर्ने नीतिको मुल ध्येय रहेको छ।
संघीय शासकीय संरचना र बहुतहगत सरकार प्रणाली अनुकूल तादात्म्यता कायम हुने गरी जनसङ्ख्या सम्बन्धी नीतिगत परिमार्जनको आवश्यकता रहेको भन्दै मन्त्रालयले संघीय संरचना अनुसार तीनै तहका लागि जनसङ्ख्याको विषयप्रति जिम्मेवारी र जवाफदेही सुनिश्चित हुन सकोस् भन्दै नयाँ नीति आवश्यक रहेको जनाएको छ।
हेरौं मन्त्रालयले तयार पारेको नीतिको मस्यौदा