काठमाडौं– राजतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए।
प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको उनको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा सुवास आचार्यका अनुसार उनको घाँटीमा गोली लागेको थियो। मृत्यु भएको अवस्थामा उनी त्यहाँ पुर्याइएका थिए।