काठमाडौं- सरकारले राजावादी आन्दोलन कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ। यसअघि नै सरकारले कारबाहीको दायरामा ल्याइने बताइसकेको छ। मेडिकल व्यवसायी समेत रहेका उनको खोजी प्रहरीले गरिरहेको बुझिएको छ।
‘आन्दोलनको नेतृत्व प्रसाईंले गरेको भएकाले उनले नै सम्पूर्ण क्षतिको जिम्मेवारी पनि लिनुपर्छ।दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने।
उनले तिनकुनेमा राजावादीले गरेको आन्दोलन नभइ अपारधिक कृयाक्लाप, लुटपाट र अमानवीय कार्य भएको बताए। आगामी दिनमा सरकार आजजस्तो संयम नहुने पनि उनको भनाइ छ।
कुनै मूल्य मान्यता र उद्देश्य बोकेको दल नभइ एउटा समूहको प्रदर्शन बताउँदै अनुमान भन्दा अवस्था बाहिर गएको उनले बताए।