काठमाडौं- काठमाडौंको तिनकुनेमा राजवादीले गरेको आन्दोलनका क्रममा ३० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। घाइते हुनेमा १५ जना प्रदर्शनकारी र १५ जना प्रहरी रहेको गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले बताएका छन्।
घाइतेमध्ये धेरैको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले उपचार भइरहेको छ। अस्पतालले उपचार निशुल्क गर्ने तर उपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताएको छ।
आन्दोलनमा एकजनाको मृत्यु भइसकेको छ। शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव रिजालले बताएका हुन्।