काठमाडौं- राजावादीको आन्दोलनका क्रममा तीनकुनेको एक भवनमा लागेको आगोमा परेर एक जना पत्रकारको मृत्यु भएको छ। उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
प्रहरी र राजवादीको झडपमा उक्त भवनमा आगजनी भएको थियो। उक्त समयदेखि सम्पर्कविहिन रजक शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
एभिन्युजका अनुसार दोस्रो तलामा उनको शव छ । चिन्ने सक्ने अवस्थामा नरहेको टेलिभिजन लाइभमा बताइएको छ । टिभीका संवाददाताका अनुसार प्रहरीलाई आफ्नो साथी भित्रै फसेको बताएपनि उद्धार हुन सकेन।