काठमाडौं - भक्तपुर क्यान्सर अस्पतालको अगुवाईमा सुदूरपश्चिम केन्द्रित पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन भएको छ।
एक साताका लागि अछामको रामारोसनबाट सुरु गरिएको शिविर भोलि रुपन्देहीबाट सकिने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताए ।
उक्त शिविरमा अछामको रामरोसनमा करिब ३ सयभन्दा बढी, डडेल्धुरामा २ सयभन्दा बढी र कैलालीमा ३ सयभन्दा बढी गरी हालसम्म १ हजार महिलाहरुको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ भइसकेको डा चालिसेले बताए।
‘हालसम्म १ हजार जनाको भइसकेको छ, शिविरबाट नमुनामात्रै संकलन गरेर ल्याइएकोमा भक्तपुर क्यान्सर अस्पतालमा नै परीक्षण गरिनेछ’, डा चालिसेले भने, ‘संकलन गरिएकोमा ५,६ वटा केश पोजेटिभ देखिएको छ। उनीहरुलाई क्यान्सर अस्पताल रेफर गरिएकोमा २,३ जना अस्पतालमा उपचाररत्त रहेका छन्।’
थप उपचार रिपोर्ट अनुसार थप गरिने उनले बताए। शिविर सञ्चालन गरिएका स्थानमा औषधि वितरणदेखि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको थियो। शिविरका लागी २२ जनाको टोली सुदूरपश्चिममा रहेको छ।