काठमाडौं- हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपमा परी घाइते भएका ४१ जना नारायणी अस्पतालमा उपचारपछि घर फर्किएका छन्।
अस्पतालका सुचना अधिकारी डा उदय नारायण सिंहले एक विज्ञप्ती जारी गर्दै, झडपका घाइतेमध्ये ४३ जना उपचारका लागि अस्पताल भर्ना भएको बताए । जसमध्ये सामान्य र मध्यम अवस्थाका गरी ४१ बिरामीहरु उपचारपछि निको भएर घर फर्किसकेका तथा जटिलअवस्थाका दुई बिरामीहरु उपचारत तथा सामान्य अवस्थामा रहेका छन्।
अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै जटिल अवस्थाका करिब ४० वर्षिया पुरुषको देब्रे खुट्टाको हड्डी भाँचिएको बताइएको छ।
करिब ६८ वर्षिया पुरुषको देब्रे हातमा गोली लागेको अवस्थामा उपचार भइरहको तथा अवस्था साामान्य रहेको जानकारी दिएको छ।