काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तयार पारेको छ।
मन्त्रालयले संघीय संसदमा लैजानका लागि तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदामा औषधि, खाद्य समपुरक, स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनका विषयहरु समावेश छन्। यी सामग्रीको गुणस्तर, नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न विधेयकको मस्यौदा तयार पारेको मन्त्रालयले जनाएको छ।
'औषधि, खाद्य समपुरक स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण आयात-निर्यात, बिक्री वितरणसमेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड निर्माण गर्न र मूल्य निर्धारण प्रकृयालाई उत्तरदायी र पारदर्शी बनाउन तथा गुणस्तर नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकाले,' विधेयकको प्रस्तावनामा भनिएको छ।
मन्त्रालयले हालको औषधि ऐन २०३५ लाई खारेज गर्दै नयाँ ऐन बनाउन लागेको हो।
नयाँ ऐनका लागि तयार पारेको विधेयकको मस्यौदामा आवश्यक सुझाब दिन मन्त्रालयले सरोकारवालाहरुसँग आग्रह गरेको छ। मन्त्रालयले चैत २८ गते निर्णय गर्दै सुझाब माग गरेको छ। मस्यौदाक विषयमा १५ दिन भित्र [email protected] वा [email protected] मा सुझाब दिन भनिएको छ।
हेरौं मस्यौदाको पूर्णपाठ