काठमाडौं- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्।
मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।
मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।
मेडिकल ल्याब टेक्नोलोजिष्ट समूहबाट सचिवको जिम्मेवारी पाउनेमा मिश्र सम्भवत पहिलो नै हुन्।
मिश्रले सचिवको पत्र बुझिसकेका छन्।
मिश्र जनस्वास्थ्य विषयका पनि विज्ञ हुन्। उनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका हुन्।