धरान- नेपाल नर्सिङ्ग संघ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकाई धरानले प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ नर्सहरुको नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन सीपलाई बढाउने र अपडेट गराउने उद्देश्यले हालै १ दिने वर्कसप आयोजना गरेको छ।
प्रतिष्ठानको एचपीई हलमा प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ नर्सलाई 'डेभलपिङ इफेक्टिभ नर्स लिडरसिप' विषयक एक दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको हो।
प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए।
कार्याशाला गोष्ठीको सञ्चाचालन प्रतिष्ठानको सिनियर स्टाफ नर्स तथा नर्सिङ संघकी सदस्य सकुन रसाईलीले गरेकी थिइन्।
वर्कसपले प्रतिष्ठानको नर्सिङ्ग सेवा, व्यवसायिक नेतृत्व र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएको अध्यक्ष थापाले बताए। कार्याशाला गोष्ठीमा ४४ जना सिनियर स्टाफ नर्सहरुको सहभागीता रहेको थियो।
