चितवन- नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले चितवनमा वृहत रक्दान कार्यक्रमको आयोजना गरेको छ।
वैशाख १५ गते ११५ जनाले रक्तदान गर्ने लक्ष्य सहित आयोजित रक्दान कार्यक्रममा लक्ष्य अनुसार नै रक्दान भएको छ।
नेपाल रेडक्रस सोसाइटीको चितवन शाखाको परिसरमा रक्दान कार्यक्रम भएको थियो।
नयाँ वर्षको सुरुवातको समय रक्तदान जस्तो पूण्य काम गरेर गरौं भन्ने उद्देश्यका साथ रक्दान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले जानकारी दिइन्।
उनले रक्तदान कार्यक्रमलाई आफूले विशेष प्राथमिकता राखेको जानकारी दिँदै सहयोगी हातहरुलाई धन्यवाद पनि दिइन्।
नेपाल रेडक्रस सोसाइटीको चितवन शाखाका अध्यक्ष हरि पौडेलको प्रमुख आतिथ्यमा रक्दान कार्यक्रम भएको थियो।