काठमाडौं- नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजङ्ग पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई थप चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गरेका हुन्।
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए।