काठमाडौं - विद्यालयका शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्।
सरकार र शिक्षक महासंघबीच भएकाे ९ बुँदे सहमति मन्त्रिपरिषद्ले पारित गरेको छ ।
उनीहरूले निजामती अस्पातलबाट छुट पाउने छन् ।
शिक्षकहरूसँग भएका ९ बुँदे सहमतिकाे पहिलाे बुँदामा यस्ताे भनिएकाे छ,
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।