काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा हालसम्म करिब ४ हजार मत गणना हुँदा डा. गुरुशरण साहले अग्रता कायम राखेबका छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म १० वटा राउन्डमा प्रत्येक राउन्डमा ४ सयका दरले मतगणना सम्पन्न भएको हो।
हालको गणनाअनुसार डा. गुरुशरण साहले २,०९५ मत, डा. कुन्जाङ शेर्पाले १,५९० मत र डा. अजयसिंह थापाले ५६३ मत प्राप्त गरेका छन्। डा साहले अहिलेसम्म ५०५ मतको अग्रता लिएका छन्।
निर्वाचन समितिका अनुसार अझै झन्डै ८ हजार मत गणना हुन बाँकी छ। अहिले काठमाडौं उपत्यकाबाहिरका मतहरूको गणना भइरहेको छ, जसका कारण अन्तिम नतिजा कसको पक्षमा जाने भन्ने विषयमा स्पष्ट संकेत देखिन बाँकी रहेको निर्वाचनमा संलग्न चिकित्सकहरूले बताएका छन्।
डा. साह र डा. शेर्पाबीच झिनो मतान्तरको हारजित हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा डा शेर्पाका पक्षमा धेरै मत खसेको अनुमान गरिएका कारण परिणाममा फेरबदल हुन सक्ने सम्भावना कायमै रहेको बताइएको छ।