काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगमका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएकै स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ। मन्त्रालयले चैत १७ गते थप ७ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाएलगत्तै दोस्रो चरणमा यो निर्णय गरेको हो। 'पहुँचका आधारमा काठमाडौं र अन्य सुगम क्षेत्रका अस्पतालमा वर्षौँदेखि कार्यरत रहेका चिकित्सकहरूलाई उनीहरूको वास्तविक दरबन्दी भएको स्थानमा पठाएर दुर्गमका नागरिकलाई सेवा सुनिश्चित गर्न यो कदम चालिएको हो,' मन्त्रालयका एक कर्मचारीले भने।
यस पटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, र वीर अस्पताल जस्ता केन्द्रिय अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ।
काज फिर्ता गरिएका थप ७ विशेषज्ञ चिकित्सकहरूको विवरण:
१. डा. दिनेश शिवाकोटी
तह: अधिकृत दशौँ
पद: वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट
हाल कार्यरत निकाय: कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँ
काज फिर्ता गरिएको निकाय: भेरी अस्पताल, नेपालगञ्ज
२. डा. चुनु दर्नाल
तह: अधिकृत नवौँ
पद: कन्सल्टेण्ट इ.एन.टी. सर्जन
हाल कार्यरत निकाय: भरतपुर अस्पताल, चितवन
काज फिर्ता गरिएको निकाय: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
३. डा. प्रमोद कट्टेल
तह: अधिकृत दशौँ
पद: वरिष्ठ कन्सल्टेण्ट अब्स्ट्रेट्रिक्स तथा गाइनोकोलोजिष्ट
हाल कार्यरत निकाय: परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौँ
काज फिर्ता गरिएको निकाय: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
४. डा. सोहनी बज्राचार्य
तह: अधिकृत नवौँ
पद: कन्सल्टेण्ट माइक्रो बायोलोजिष्ट
हाल कार्यरत निकाय: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ
काज फिर्ता गरिएको निकाय: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
५. डा. श्याम किशोर चौधरी
तह: अधिकृत नवौँ
पद: कन्सल्टेण्ट ओरल तथा म्याक्जिलो फेसियल सर्जन
हाल कार्यरत निकाय: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, काठमाडौँ
काज फिर्ता गरिएको निकाय: भरतपुर अस्पताल, चितवन
६. डा. दिवस सापकोटा
तह: अधिकृत नवौँ
पद: कन्सल्टेण्ट रेडियोलोजिष्ट
हाल कार्यरत निकाय: भरतपुर अस्पताल, चितवन
काज फिर्ता गरिएको निकाय: नारायणी अस्पताल, पर्सा
७. डा. रन्जु पोखरेल
तह: अधिकृत नवौँ
पद: कन्सल्टेण्ट डर्माटोलोजिष्ट
हाल कार्यरत निकाय: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
काज फिर्ता गरिएको निकाय: गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरी