काभ्रे– डच मद्दत नेपाल, समाजसेवी पञ्चवीर लामा र स्वास्थ्य सहयोग समिति, ठूलो पर्सेल तेमालको आयोजना तथा वीर अस्पताल र नेपाल आ“खा अस्पतालको प्राविधिक सहयोगमा ठूलो पर्सेल स्वास्थ्य चौकी काभ्रेमा ३ दिने शिविर सम्पन्न भएको छ ।
शिविरको संयोजन बिमल पौड्याल, नेदरल्यान्डकी प्याउली र समाजसेवी कान्छा तामाड्डले गरेका हुन् । उक्त शिविरमा दाँत तथा मुख रोगमा वीर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन तथा नेपाल चिकित्सक संघका सह–कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, आँखा रोगमा डा. बन्दना थापा तथा सामान्य चिकित्सामा डा. भिम बहाद¬र तामाड्ड सहित २० जना काठमाडौंबाट तथा स्थानीय स्वास्थ्यचौकी र समाजसेवी गरी ३५ जना बढीको संलग्नता थियो ।
मंसीर ५ देखी ७ गतेसम्म गरिएको उक्त शिविरमा ७ सय ८५ जना बिरामीको आँखा, कान, दाँत र सामान्य स्वास्थ्यको परिक्षण गरिएको थियो । ३ सय १५ जनाको दात निकाल्ने, १५ जनाको दाँत तथा मुखको माइनर शल्यक्रिया, २० जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको डा. बुढाथोकीले बताए ।
७ लाख बढीको औषधी निःशुल्क वितरण पनि भएको थियो । शिविरमा पन्चकन्या उच्च मावि र निर्मला निम्न माविका दुई हजार बिद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, कान, आँखाको सुरक्षा र सफाई तथा ब्यक्तिगत सरसफाईका बारेमा सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले प्रशिक्षण दिएका थिए।