काठमाडौँ– नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।
उहाँको स्वास्थ्य गम्भीर बनेपछि उनलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उनीसँगै अस्पतालमा रहेका काँग्रेस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि अक्सिजन लगाई लैजानुपर्ने भएकाले सम्भव नभएकाले लैजान नसकिएको बस्नेतले जानकारी दिए। पाँच दिनअघि ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।