बच्चा जन्मेको २८ दिनभित्र आँखामा पहेंलो पिप जस्तो कचेरा देखिनु, आँखा रातो हुनु तथा सुनिनु आदि लक्षणहरु देखिनुनै नवजात शिशुमा आँखा पाक्ने रोग हो ।
के –के कारणले गर्दा हुन्छ ?
यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा
असुरक्षित प्रसुति गराएमा
प्रसुति क्रियाका क्रममा शिशुको आँखामा चोठपटक लागेमा
वजात शिशुमा अन्य कारणबाट संक्रमण भएमा पनि आँखा पाक्ने रोगबाट संक्रमित हुन सक्छ ।
रोकथाम तथा उपचार के हो ?
नियमित गर्भअवस्थाको परीक्षण, सुरक्षित प्रसुति तथा मातृशिशु स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य शिक्षा, आँखामा एन्टिबायोटिक औषधीको प्रयोगले नवजात शिशुमा हुने आँखा पाक्ने रोगको राकथाम गर्न सकिन्छ ।
यदि कारणवस यस्तो समस्या देखिएमा यथाशिघ्र आँखा केन्द्र वा अस्पतालमा गइ जचाँइ सही उपचारले मात्र बालबालिकाको दृष्टि क्षमता बचाउन सकिन्छ ।