काठमाडौं- नेपालका रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ५२ पटक रक्तदान गरेका छन् । चुनावको समयमा उपत्यकामा रगतको अभाव भइरहेको समयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा कर्माचार्यले पनि रक्तदान गरेका हुन्।
नारायणचौरमा सहयोगी महिला जागरण समुहको आयोजनामा भएको कार्यक्रममा कर्माचार्यले १८ वर्ष पुगेपछि सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ एभरेष्टका लायन अम्मर बहादुर श्रेष्ठले दोसल्ला ओढाएर कर्माचार्यलाई सार्वजनिक सम्मान समेत गरेका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।