नयाँदिल्ली, भारत– आयुर्वेद सम्बन्धि 'पहिलो अन्तर्राष्ट्रिय आरोग्य सम्मेलन तथा प्रर्दशनी २०१७' नयाँदिल्लीमा सोमबारबाट सुरू भएको छ ।
विश्वका ७२ भन्दा बढि देशका स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, आयुर्वेविज्ञ, उद्योगी लगायत १७० जनाको सहभागीता रहेको सम्मेलनमा आयुर्वे उपचार, औषधि र गुणस्तरका बारे छलफल हुनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै भारत सरकारका उद्योग मन्त्री सुरेश प्रभुले आयुर्वेदलगायत सबै किसिमका औषधि उत्पादनका लागि जैविक विविधतालाई जिवन्त राख्नुपर्ने अहिले मुख्य आवश्यकता भएको बताए ।
उनले विश्वभर ३३ प्रतिशत औषधि निर्यात गरिरहेको जानकारी दिए ।
आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेकाले आयुषले उत्पादन गर्ने औषधि लगायतका उत्पादनको करिव ११ खर्ब नेपाली रूपैयाँ बराबरको कारोवार रहेको बताए ।
भारतको उद्योग, आयुष मन्त्रालय र उद्योग बाणिज्य महासंघको सयुक्त आयोजनामा भएको सम्मेलनको भारतका आयुस राज्यमन्त्री श्रीपद यसो नायकले उद्घाटन गरेका थिए ।
नेपालबाट आयुर्वेद चिकित्सक संघ, सिहदरवार वैद्यखाना, आयुर्वेद चिकित्सक, आयुर्वेद औषधि उद्योगका प्रतिनिधि, सञ्चारकर्मी गरि ९ जनाको सहभागिता रहेको छ ।
सम्मेलन आगामी २१ गतेसम्म चल्नेछ।