रङ्गेली– धरानको बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याकक्ट क्लब अफ धरान घोपा, बिराटनगर लेडिज सर्कल ५ र बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ लगायत संस्थाको अगुवाइमा बुधबारदेखि विभिन्न स्थानमा ६ दिने प्राथमिक उपचार तालिम अभियान सञ्चालन भएको छ।
तालिम अभियानको दोस्रो दिन बिहीबारको कार्यक्रममा भानु मेमोरियल स्कुल र श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २ सय २० विद्यार्थी र १२ जना शिक्षक सहभागी रहेको रोटर्या,क्ट क्लब अफ धरान घोपाका प्रवक्ता रोटर्या८क्टर शुभमकुमार अग्रवालले बताए। यस्ता कार्यक्रमबाट निकै कुरा सिक्न पाएको विद्यार्थीकै प्रतिक्रिया थियो। विद्यालयबाट उत्साहजनक प्रतिक्रिया आएपछि विभिन्न स्थानमा अझै ४ दिनसम्म सो अभियान सञ्चालन गरिने विराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा विमल अग्रवाल र विराटनगर लेडिज सर्कल ५ की अध्यक्ष डा कोपिला अग्रवालले बताएका छन्।
'प्राथमिक उपचार पद्दति सिक्न सबै जुटौं, कोही नछुटौं' भन्ने नाराका साथ ६ दिने प्राथमिक उपचार तालिम अभियान सुरु भएको हो। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षमा अध्यनरत रोटर्यायक्टर अग्रवालले प्राथमिक उपचार तालिम दिएका थिए। अग्रवालका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्यु हुनेको संख्या न्युनीकरणमा सहयोग गर्नेछ।
सो कार्यक्रममा पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्पको टोकाइ, हातखुट्टा भाँचिएको, नाकबाट रगत बगिरहेको, विषादि सेवन, रक्तस्राब जस्ता अवस्थामा कसरी प्राथमिक उपचार गर्ने र ज्यान बचाउने भन्ने तालिम विद्यार्थीलाई दिइएको डा अस्मिता राना जनाइन्।