काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनका औषधिसँग सम्बन्धित पदाधिकारलाई नेपाली टोलीले भेट गरेका छन्। फोरम फर फार्मेसी, काठमाडौ विश्वविद्यालयका सभापति निरज बर्तौला, नेपाल फर्मासियुटिकल एसोसिएसनका प्रचार सचिव सन्जिव कट्टेल र सदस्य विवेक श्रेष्ठले भेटघाट गरेका हुन्।
भेटका क्रममा उनीहरुले नेपालमा अहिलेसम्म औषधि बनाउनको निम्ति आवश्यक पर्ने कच्चापदार्थ बनाउने कम्पनी नभएकोले यस्तो उधोग स्थापनाका लागि पहल गरेका छन् । यो विषयमा चीनबाट आएका पदाधिकारीहरु सकारात्मक रहेको बर्तौलाले जानकारी दिए । उनीहरुले यसका लागि नेपाली टोलीले चीन भ्रमणको निम्तो समेत दिएको उनले बताए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।