काठमाडौं - आगामी सोमवारदेखि सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिगमा सहभागि विराटनगर वरियर्स टिमलाई नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञहरुले पोषण तथा खेलको समयमा हुने चोटपटक र त्यसको उपचारबारे विशेष प्रशिक्षण दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर वरियर्समा पारस खड्कासँगै बसन्त रेग्मी, अभिनाश काम, करण केसी, आकास बिष्ट, रामनरेश गिरी, प्रणित थापा मगर, सुमित महर्जन, अनिल साह, असिफ सेख, पुष्प थापा लागायतका खेलाडी छन्।
उनीहरुले आज अस्पतालको अवलोकनसँगै खेलाडीका लागि आवश्यक पोषण तथा चोटपटकको उपचारका बारेमा प्रशिक्षण लिएका थिए । अस्पतालको अर्थोपेडिक तथा स्पोर्ट्स मेडिसिन विभागका प्रमुख प्रा डा शिशिर लाखेले मेडिसिटी अस्पतालमा उपलब्ध स्पोर्ट्स मेडिसिन तथा रिह्याबिलिटेसन सेवाका बारेमा जानकारी दिएका छन्।
त्यसैगरी पोषण विभागका तर्फबाट पोषणबिद प्राची जैनले खेलाडीहरुको खाना र पोषणका बारेमा जानकारी गराएकी छिन्। साथमा खेल पूर्व, खेल अबधिमा र खेल पछि खाइने खानाका बारेमा जान्नैपर्ने तथ्यहरु समेत प्रस्तुत गिरएको छ।