भक्तपुर- ललितपुरको एकान्तकुनास्थित रिदम न्युरो साइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टरले भक्तपुरमा मानसिक रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गरेको छ।
लियो क्लब अफ भक्तपुर गोल्डेनगेटसँगको सहकार्यमा शनिबार आयोजित शिविरमा ७० जनाले सेवा लिएका थिए। शिविरमा आएका धेरै जनामा डिप्रेसनको समस्या पाइएको अस्पतालले जनाएको छ।
कमजोर आर्थिक अवस्था र घरेलु तनावका कारण धेरैमा डिप्रेसनको समस्या पाइएको अस्पतालका निर्देशक डा रितेश थापाले जानकारी दिए।
उनका अनुसार, शिविरमा हातखुट्टा झमझमाउने, राति निद्रा नलाग्ने, टाउको दुख्ने लगायत समस्या भएकाले पनि सेवा लिएका थिए।