काठमाण्डौं- बयोधा अस्पताल र भारतमैत्री समाजले मुटु सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेकोछ। सोमबार सम्पन्न कार्यक्रममा कार्डियोलोजिस्ट डा भारत रावतले स्वस्थ मुटुका विषयमा आफ्नो प्रस्तुति दिएका थिए। उनी कार्यक्रमका लागि भारतको इन्दौरबाट सोमबार नै काठमाडौं आएका थिए।
डा रावतले कार्यक्रममा स्वस्थ मुटुका लागि गर्न हुने र गर्न नहुने कुरालाई रोचक तरिकाले प्रस्तुत गरेका थिए।
‘हामीले धेरै चिन्ता गरेर हाम्रो मुटु कमजोर बनाइरहेका छौं,’ उनले भने, ‘खानपान, धूमपान, उच्च रक्तचाप जस्ता समस्या मुटुका दुस्मन हुन्, त्यसैले स्वस्थ 18 अपनाउछु पर्छ।’
उनले नेपाली र भारतीय अधिकांस बिरामीको मुटु कमजोर हुनुको कारण चिन्ता र खानपान नै भएको बताए।
‘हामी खानाका लागि बाँच्ने होइन, बाँच्नका लागि खाने हो,’ उनले भने, ‘हामीलाई अहिले केही समस्या हुँदैन तर पनि भविष्यको चिन्ताले गर्दा दुखी हुनेगर्छौं। मुटुको काम भनेको रगत सञ्चालन गर्ने हो त्यसैले अनेक कुरा सोचेर मुटु दुखाउनु हुँदैन।’
उनले आफ्नो मुटु स्वस्थ राख्नका लागि दैनिक व्यायाम र हिँड्डुल गर्नुपर्ने उनको सुझाव छ।