काठमाडौं– सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले केन्द्रको नामको अगाडि शहीद धर्मभक्तको नाम थप गरेको हो।
धर्मभक्तको नाम जोडिएपछि अब केन्द्रको नाम ‘धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र’ भएको छ।
चार शहीदमध्ये गंगालाल श्रेष्ठको नाममा शहीद गंगालाल हृदयरोग केन्द्र, शहीद शुक्रराज शास्त्रीको नाममा शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण महाशाखा, शहीद दशरथ चन्दको नाममा दशरथ रंगशाला छ। शहीद धर्मभक्तको नाममा पूर्वाधार नभएको भन्दै सरकारले अंग प्रत्यारोपण केन्द्रमा उनको नाम जोडेको हो।