काभ्रे– रोशी गाउँपालिका, थानसिंङमा आँखा सम्बन्धि जनचेतना र नि:शुल्क शिविर गरिएको छ। लायन्स क्लब अफ काठमाडौं सिन्चितको आयोजनामा गरिएको शिविरमा ग्लोबल आँखा केन्द्र र वर्किङ भिजनले संयुक्त रुपमा जनचेतना जगाउन वर्कसप गरेका थिए।
तिलगंगा आँखा अस्पतालमा कार्यरत वरिष्ठ डा .बेन लिम्बू र उनको टिममा रहेका डा. रेस्मा श्रेष्ठ, डा. दिवा हमाल, डा. देवराज भारती, डा. इशा श्रेष्ठ, डा.कौशल पोख्रेल, सन्जु दहाल, मनु क्षत्री, प्रमिला गुरुङ, रिना लिम्बू, सुमन मगर थिए।
उक्त शिविरमा सुरुको १ घण्टा जति आँखाको सुरक्षा कसरी गर्ने र आँखाको जोखिम भएको कामहरु गर्दा कसरी आँखालाई सुरक्षित राख्ने भन्ने विषयमा जनचेतना जगाइएको थियो । डा.लिम्बू र डा भारतीले स्थानीय बासिन्दा, क्रसर, फर्निचरमा काम गर्ने मजदुर, कृषकहरुलाई उक्त जानकारी दिएका थिए।
१ सय ५० जनाको आँखा जाँच गरी औषधि प्रदान गरिएको थियो भने ३३ जनामा मोतियाविन्दू देखिएको थियो | डा. लिम्बूले मोतिविन्दू देखिएका सबै बिरामीलाई तिलगंगा आँखा अस्पताल शल्यक्रिया गरिने बताइएको छ।
मोतियाविन्दू देखिएका मध्ये २१ जना बिरामीहरुले तिलगंगा आँखा अस्पतालमा आएर नि:शुल्क रगत जाँच र शल्यक्रिया गराएकी सिन्चितका संयोजक सुवास न्यौपानेले बताए।