विराटनगर- रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षको अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ।
अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२/०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा ५ हजार ५२६ जनाको शल्यक्रिया गरिएको थियो। आव २०७३/०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा ६ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ।
महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले आफूहरुले मोतियाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी दिइन्। सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पुर्याएको सेवासुविधाका बारेमा जानकारी दिएका थिए।