बाजुरा- बाजुरालाई देशकै ३२औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ।
नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले सो घोषणा गर्दै बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताए।
कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा राजेन्द्र पन्तले पूर्ण खोप घोषणा गर्नु मात्र नभई यसलाई निरन्तरता दिन जरुरी रहेको बताए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।