बैतडी– स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ ।
अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताए।
जिल्ला अस्पातलको ५० श्ययाको अस्पताल निर्माण कार्य जारी रहेकाले पनि स्वास्थ्य सेवामा केही असर परेको र स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने अनुगमनका लागि बैतडी पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए।
जिल्ला अस्पताल बैतडीले गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गरे नगरेको बारेमा टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा सम्बन्धित सबैको ध्यानाकर्षण गराएको टोलीले जनाएको छ । रासस